भन्सार छली ल्याएका ५४ लाख बराबरको अवैध सामान बरामद




रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा अवैध रुपमा भन्सार छलि गरी ल्याएका ५४ लाख बढीको सामग्री प्रहरीले बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार प्रहरीले विना विसका चिनी र जेन्स सर्ट गरी ५४ लाख ३६ हजार ६ सय रुपैया बराबरको समान बरामद गरेको हो ।




पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा विना विको १ हजार ९ सय १७ पि जेन्स सर्ट र ४ सय १८ बोरा चिनी सहित ट्रकलाई यिन्त्रणमा लिएको हो ।

बरामद सामग्री आवश्यक कारवाहीका लागि आन्तरिक राज्वश कार्यालय रुपन्देही पठाइएको एसपी महर्जनले बताए ।

 

 

नवलपरासीबाट लागूऔषधसहित एक महिला पक्राउ 

 

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ पचगाँवाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

 

नवलपरासी प्रहरीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेकी रामग्राम १२ निवासी वर्ष ३५ की वेवीदेवी बानियाँलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्लाष्टिकको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध (मनोद्धिपक पदार्थ) बुप्रिनर्फिन २२ एम्पुल, फेनारगन २२ एम्पुल र डाईजेपाम २२ एम्पुल गरी जम्मा ६६ एम्पुल फेला परेको प्रहरीको भनाइ छ ।

 

लागूऔषधसहित बानियाँलाई नियन्त्रणमा लिएर प्रहरीले लागुऔषध ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।

 

 



सम्बन्धित
Loading...