काँग्रेसकी भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै




प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया अघि  बढाइएको छ ।

प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार   आज बिहान  ११ देखि   अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।




 

यस्तै उम्मेदवारको नामावली प्रकाशन आजै हुने छ ।

 

शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ ।

 

पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।

 

 

२०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो  ।

 

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् ।

 

प्रतिनिधि सभाको  सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको   हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् ।

 

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ ।

 

काँग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।

 



सम्बन्धित
Loading...