साढे २ लाखसहित ६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ
कास्कीमा जुवा खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवारतास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौचनसहित न्युरोड नै बस्ने सोमत तुलाचन, कबिन तुलाचन, पोखरा २ अर्चलेका विराट केसी, पोखरा ११ फुलबारीका अमित गुरुङ र नरकाजी गुरुङ रहेको छन् ।
उनीहरूको साथबाट नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित चार बुक तास बरामद भएको छ ।
उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
चट्याङ लागेर बालकको निधन
दाङ । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।
घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
https://www.youtube.com/watch?v=p5AN27HiZP0