खेत जोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


 



दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१५, कोठरी बस्ने ५४ वर्षीय चित्रबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।




आफ्नै खेत जोत्ने क्रममा खेतमा लत्रिएको तारबाट करेन्ट लागेर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...