कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ

८ साउन । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आज छापा मारेर ती युवायुवतीलाई पक्राउ गरेको हो ।
ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सात जना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।