पाल्पामा बस दुर्घटना, ६ जनाकाे निधन

पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अपराह्न ४ बजेतिर बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय रन्जीव कुँवरले जानकारी दिएका छन्।
घाइते १७ जनाको युनाइटेड मिसन अस्पताल तानसेन मा उपचार भैरहेको छ ।
दुर्घटनामा बाग्लुङ, गुल्मी र रुपन्देहीका व्यक्तिहरु परेका छन ।
घटना बारे थप विवरण आउन बाँकी छ ।

https://www.youtube.com/watch?v=WV7FRZZnzbw