दाउन्नेमा बस पल्टेर आगलागी हुँदा २१ यात्रु घाइते




रामकुमार श्रेष्ठ – 

 




नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतपÞर्m जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएर एक्कासी आगलागी समेत भएको थियो ।

 

बसमा सवार करिब ३५ जना यात्रु मध्ये २१ जना यात्रु घाइते भएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए ।

 

घाइतेहरु मध्ये गम्भीर घाइते ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । बाँकी घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहको छ ।

 

पाठकका अनुसार कन्चनपुर जिल्लाको पुनरबास नगरपालिका १ निवासी २२ बर्षीया रोशन कंडेल, कञ्चनपुर बेलैरी नगरपालिका ४ निवासी ६२ बर्षीय केशव सिंह विष्ट, बेलैरी ४ कै ३८ बर्षीय दिलबहादुर चौधरी, ३२ बर्षीय बुद्धिराम चौधरी, १४ बर्षीया स्वस्तिका साही, २० बर्षीय विरेन्द्र साही, कैलाली घोडाघोडी ४ का ३० बर्षीय सुशान्त चौधरी र पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ निवासी ४० बर्षीय गायत्री चौहानलाई उपचारका लागि भरतपुर चितवन पठाइएको हो ।

 

सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...