नवलपुरकी सीता देबकोटा कांग्रेस केन्द्रीय सदस्य मनोनित, बिनोद चौधरीलाई झटका

नवलपुरवाट नेपाली कांग्रेसले पहिलो पटक एक महिलालाई केन्द्रीय सदस्य बनाएको छ । आगामि मंसिरमा हुने आम निर्वाचनमा यहाको संघिय क्षेत्र नम्बर २ वाट सांसदको उम्मेदवारको आकाक्षि रहेकी सीता देबकोटालाई मंगलवार सभापति देउवाले आफनो कोटावाट केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन ।
उनको मनोनयनलाई यहा अर्थपुर्ण मानिएको छ । नेपालका चर्चित उद्योगपति बिनोद चौधरी त्यहि क्षेत्रवाट संघिय संसदमा उम्मेदवार बन्न भेटघाट बढाइरहेका बेला त्यसै क्षेत्रकी अर्की महिला नेतृलाई देउवाले आफनो कोटावाट एकाएक केन्द्रीय सदस्य बनाएपछि यहा कांग्रेस राजनिति तरंगिएको छ ।
त्यसै क्षेत्रवाट यअ अघिको निर्वाचनमा संघिय सांसदको उम्मेदवार रहिसकेका बिष्णुकुमार कार्की यसपटक पनि उम्मेदवार रहने भन्दै भेटघाट तिब्र पारेका छन ।
उनि यहाका प्रभावशालिी नेता मानिन्छन । संघिय संसदमा महिला कोटावाट क्षमतावान महिलालाई उम्मेदवार बनाउन पर्ने नैतिक दवाव कांग्रेसमा छ ।
यस अघि यो जिल्लावाट महिलालाई केन्द्रीय सदस्य बनाइएको थिएन । कांग्रेसका प्रभावशाली नेता शशांक कोइरालाको निर्वाचन क्षेत्र रहेको नवलपुरवाट देउवाले आफु पक्षिय नेतृ देबकोटालाई केन्द्रीय समितिमा लगेका हुन ।
बिनोद चौधरी कहिले शशांकको पक्षमा ,कहिले रामचन्द्र पौडेलको पक्षमा देखिएपछि ससंकित देउवाले देबकोटालाई केन्द्रीय सदस्यमा एकाएक मनोनयन गरेर चौधरीलाई साइजमा राख्न खोजेको बिश्वास गरिएको छ । जनतासंग प्रत्यक्ष सम्पर्कमा आउन समेत नरुचाउने बिनोद चौधरीको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने निर्णयले कांग्रेसका कृयाशिल र निस्ठावान नेताहरु निराश रहेको चर्चा छ ।
महिला नेतृ देबकोटा ०७० सालको निर्वाचनमा पाल्पा क्षेत्रवाट संघिय संसदकालागि कांग्रेसवाट उम्मेदवार बनेर पारजित भएकी हुन । उनि हाल नवलपुरमा बसाई आएर कांग्रेसको राजनितिमा सकृय रहेकी छन ।
देबकोटा कावासोती नगरपालिका वडा नम्बर ४ निवासी हुन । उनि गत महाधिबेशनमा कांग्रेसको महाधिबेशन प्रतिनिधिमा निर्वाचित नेतृ हुन । देबकोटा कांग्रेसको बिधानअनुसार महिला कोटावाट केन्द्रीय सदस्यमा मनोनयनमा परेकी हुन । आउदो मंसिरमा हुने निर्वाचनमा उनी संििघय सांसदको उम्मेदवारकी आर्काक्षि समेत हुन । पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वटा उनि संघिय सांसदको उम्मेदवारकी आकांक्षि हुन । देबकोटालाई कांग्रेस उपसभापति पुर्णबहादुर खडका र चित्रलेखा यादबको सहयोग रहेको बताइन्छ ।
यस अघि यो जिल्लावाट डा शशांक कोइराला र बिनोद चौधरी कांग्रेस केन्द्रीयस सदस्यमा बिजयी भएका हुन । उनिहरु दुबै पार्टीको चाधौ केन्द्रीय महाधिबेशनवाट निर्वाचित भएका हुन ।
चौधरीलाई सजिलो छैन ।
यसै क्षेत्रका स्थापित कांग्रेस नेता बिष्णुकुमार कार्किको यो क्षेत्रमा ७ हजारको हाराहारीमा ब्यक्तिगत मत भएको मानिन्छ । स्थानिय बासिन्दा कार्किलाई नै निर्वाचनमा बिजयी गराउन प्रयासरत रहेको कांग्रेसका एक नेता बताउछन ।
राजनितिमा स्वच्छ छवि र सहयोगी मनका धनी कार्कि २०७४ सालको निर्वाचनमा कांग्रेसकै अन्तरघातका कारण पराजय भोगेको कतिपयको बिश्लेणण छ । कार्किको राम्रँे पकड क्षेत्र रहेको नवलपुर क्षेत्र नम्बर २ मा एकाएक उम्मेदवार बन्ने दाउमा देखिएका चौधरीलाई कार्किले सहयोग नगरे बिजयी हुन सक्ने देखिदैन ।
स्थानिय तहमा कोहि कसैको शुख दुखमा कहिल्यै सहयोगि हुन नसकेका बिनोद चौधरीको प्रत्यक्ष निर्वाचनमा होमिने निर्णय कार्किकै कारण कमजोर हुने राजनैतिक बिश्लेशकको छ । यहाका कांग्रेसकै वडा तहका नेताले समेत नचिनेका बिनोद चौधरीको उम्मेदवारीले एमाले सजिलै बिजयी हुने देखिन्छ भन्नेहरुको बाहुल्यता छ ।
कहिले एमाले त कहिले कांग्रेसमा भनेर चौधरीलाई जिल्लामा आलोचना गर्नेहरु बाक्लै छन । चौधरी २०६४ सालमा एमालेवाट समानुपातिक सांसद थिए भने २०७४ सालमा कांग्रेस प्रबेश गरेको तिन सातामै फेरी कांग्रेसवाट साम्सद बन्न सफल भएका हुन ।