माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने




माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको हो ।




नेकपा (एकीकृत समाजवादी) पार्टीको बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेसँगै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको प्रकृया अगाडि बढेको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिए ।

 

बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

 

एकताका लागि (माओवादी केन्द्र) ले यसअघि नै निर्णय गरिसकेको थियो ।

 

नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।

 



सम्बन्धित
Loading...