नवलपरासीमा सर्पले डसेर एक जनाको निधन




रामकुमार श्रेष्ठ –

 

नवलपुर । पूर्वी नवलपरासीमा सर्पले डसेर एक जना महिलाको निधन भएको छ ।

 




जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ कालिका डाँडा निवासी ५५ बर्षीया महिला सविता सारुको सर्पको डसाईबाट निधन भएको हो ।

 

विहीबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा सारुलाई बाँया हातको औलामा सर्पले डसेको र उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

 

रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको मृत्यु

 

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ ।

 

 

छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले थिचेका राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...