अबको प्रधानमन्त्री प्रचण्डः बलदेव




नवलपरासी – नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्विनी प्रदेशका ईञ्चार्ज चक्रपानी खनाल बलदेवले चुनाव पछि प्रचण्ड प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।

नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले हालको गठबन्धन आगामी ५ बर्ष सम्म कायम रहने दावी गरे ।




उनले नेता तथा कार्यकर्तालाई ईमान्दार भएर जनताको पक्षमा काम गर्न र आगामी चुनावका लागि बलियो तयारीका साथ अगाडि बढ्नका लागि निर्देशन समेत दिए ।

 

बैठकमा बोल्दै नेकपा माओबादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जीवन्त पार्टीमा विभिन्न खालका उतारचढाव आईरहने बताउँदै त्यसको सहि ब्यबस्थापन गरेर अगाडी बढ्नु नेतृत्वको जिम्मेवारी हुने बताए ।

 

बैठक नेकपा माओबादी केन्द्र जिल्ला समम्वय समितिका संयोजक रामानन्द यादको अध्यक्षतामा पाल्हीनन्दनमा बसेको हो ।



सम्बन्धित
Loading...