भाईले दिदीलाई दिए बाउन्स चेकको उजुरी, ७ महिना बच्चा सहित दिदी पक्राउ

नवलपरासी, ६ भदौ । पूर्वी नवलपरासीमा एक जना महिला बैंकिङ्ग कसुर सम्बन्धी अभियोगमा पक्राउ परेका छन् ।
कावासोती १० निवासी ४१ बर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार उनलाई उनकै भाई रविन्द्र तिमिल्सिनाले उजुरी दिएका हुन् ।
तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दावी सहितको उजुरी दिए पनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए ।
प्राइम बैंकको चेक बाउन्स भएपछि दिदी सुमित्रा तिमिल्सिनालाई उनकै भाई रविन्द्र तिमिल्सिनाले उनलाई उजुरी दिएका हुन् । उजुरी कास्कीमा परेको भएपनि तिमिल्सिनालाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको तिमिल्सिना माथि अदालती कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिमिल्सिनासँग ७ महिने बच्चासँगै रहेको छ । उनी केही दिन अघि पक्राउ परेकी हुन् ।
बच्चा आमासँगै रहेका छन् । बच्चाको आमाले बच्चा आफन्तको जिम्मा लगाए मात्र अरुलाई दिन सकिने नत्र दुधे बालक आमासँगै रहने एपसी प्रहरी उपरीक्षक महर्जनले बताए ।