वाईसीयल अध्यक्षमा श्रीपाली चयन

काठमाडौं / नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, योग कम्युनिष्ट लिग (वाइसीएल)को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली सर्वसम्मत चयन भएका हुन्।
पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन गरेको छ ।