नवलपुरमा गाउँपालिकाको जेसिबी दुर्घटना, एक जनाको निधन

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा बाटो सफा गर्ने क्रममा सोमबार जेसिबी दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार बौदीकाली गाउँपालिकाको कार्यालयको बा १ ग ३०८० नम्बरको जेसिबी दुर्घटनामा परेको हो ।
बौदीकाली गाउँपालिका ४ रुचाङको रुचाङदेखि माथिल्लो कुवाकोट जाने कच्ची बाटो सफा गर्ने क्रममा जेसिबी बाटोबाट एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी जेसिबीमा सवार बुलिङटार ५ लापाक निवासी २२ बर्षीय लक्ष्मण सार्कीको निधन भएको हो । जेसिबी चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।