पल प्रकरणः नवलपुर अदालतको आजको पेशी स्थगित




रामकुमार श्रेष्ठ –

 

नवलपुर । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी बुधबारको लागि स्थगित भएको छ । पल बुधबार जिल्ला अदालत नवलपुरमा उपस्थित भएनन् ।




 

नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो । बुधबार पल जिल्ला अदालत उपस्थित नभए पछि उनका कानुन व्यवसायी टंक बस्यालको अनुरोधमा पेशी बुधबारको लागि स्थगित भएको हो । अर्को पेशी पछि तोकिने जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

बुधबार पलको पेशी नवलपुर जिल्ला अदालतको १ नम्बर इजालशमा तोकिएको थियो ।
बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी तनहुमा भने भदौ १५ गते तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।

 

उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

 

गत ११ फागुनमा नाबालिग माथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

 

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।

 

तनहूमा पहिलो मुद्दा परेका कारण तनहु जिल्ला अदालतको पैसला पछि नै नवलपुर जिल्ला अदालतले पनि फैसला गर्ने गरी नवलपुर जिल्ला अदातलका न्यायाधिसहरु रहेको स्रोतले जनायो । जसका कारण पलको अब नवलपुरमा कम्तिमा पनि तनहू जिल्ला अदालतको पेशी पछि पेशी तोकिने सम्भावना रहेको छ ।



सम्बन्धित
Loading...