कालीगण्डकीमा स्नान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव नवलपुरका त्रिवेणीमा फेला


रामकुमार श्रेष्ठ –



नवलपुर । कालीगण्डकी नदीमा स्थान गर्न गएकी पाल्पाकी ७७ बर्षीया महिलाको शव पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजमा फेला परेको छ ।

 

इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार पाल्पाको रिप्दीकोट गाउँपालिका २ दमक घर भई हाल तनहूँ जिल्लाको देवघाट ५ साइराम मन्दिरमा बस्दै आएकी ७७ बर्षीया महिला लक्ष्मी ढकालको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणी ७ स्थित ब्यारेज पुलमा फेला परेको हो ।

 




उनी तनहूको देवघाट गाउँपालिका ५ मणिमुकुन्द सेन र चक्रवत्री महादेवको मन्दिरको पश्चिम तर्फको कालीगण्डकी नदीको स्नान घाटमा स्नान गर्ने क्रममा भदौ ५ गते वेपत्ता भएकी थिइन । उनको शव ५ दिन पछि फेला परेको हो ।

 

महिलाको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...