कपिलबस्तुमा गोली प्रहार गरी एकको हत्या

कपिलवस्तु, १० भदौ –
कपिलवस्तु मायादेवी गाउँपालिकामा अज्ञात समुहले गोली प्रहार गरि एक व्यक्रिको हत्या गरेको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको गोली प्रहार गरि हत्या गरिएको बताएको छ ।
पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली प्रहार गरेको बताएको छ ।
गाली लागेर गम्भिर घाईते भएका पासीको उपचारका लागी तौलिहवा स्थित कपिलवस्तु अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बाया तिघ्रामा गोली लागेर छेडिएको छ । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्रश्रावका कारण मृत्यु भएको हुन सक्ने देखिएको डाक्टर चौधरीले बताए ।
यता गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलास भैरहेको र घटनास्थलमा प्रहरीको टोली खटाईएको कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताएका छन् ।
तस्बिर पनि छ ।