फोनिज नवलपुरद्वारा पत्रकार महासंघलाई ज्ञापन पत्र




१६ भदौ, नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) नवलपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार फोनिज नवलपुरकी अध्यक्ष चन्दा गुरुङको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर मार्फत महासंघलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदाहुँदै पनि कृष्ण प्रसाद भट्टराइलाई संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विपत्ति जनाउदैे ज्ञापन पत्र बुझाइएको अध्यक्ष गुरुङले बताउनु भयो ।




२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपालपत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापकअध्यक्ष कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरेका गलतविवरण सच्याएर ‘नेपालपत्रकार महासंघका संस्थापकअध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हो भन्ने सहीतथ्यलाई स्थापित गराउन ज्ञापनपत्र मार्फत फोनिज नवलपुरले नेपालपत्रकार महासंघसँग जोड्दार माग गरेको छ ।
यता नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले ज्ञापन पत्र बुझ्दै फोनिज नवलपुरले माग गरेका उक्त सम्बन्धित कुरा र ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताउनु भएको छ । उहाँले फोनिजका मागहरुको सम्बोधन हुनेविश्वास दिलाउदै ज्ञापन पत्र तत्काल केन्द्रिय समितिमा पठाउने प्रतिबद्धता जनाउनु भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) ले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार ७७ वटै फोनिज जिल्ला शाखाले पत्रकार महासंघ जिल्ला शाखा मार्फत केन्द्रीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र

मितिः २०७९/०५/१६

श्री अध्यक्षज्यू
नेपालपत्रकार महासंघ
केन्द्रीयकार्यसमिति, काठमाडौँ ।
माफर्त ,
नेपालपत्रकार महासंघ
नवलपरासी (ब.सु.पू) शाखा

विषय ः ज्ञापनपत्र

नेपालकाश्रमजीवीपत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपालपत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपालपत्रकार संघ’ हुँदै महासंघका रूपमाविशालआकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।

अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमापत्रकारलाई संगठित गर्नु सामान्यकामथिएन । त्यो हिम्मतर साहस गर्नुहुने सत्यनारायणबहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सम्मान व्यक्तगर्दछ । वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपालपत्रकार महासंघको जग तत्कालीन ‘नेपालपत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपालीपत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपालपत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमातत्कालीन नेपालपत्रकार संघ पुनर्गठन भयो । थपपत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यकासाथ संघको पुनर्गठन गरिएको थियो । अकाट्य तथ्यहरूकाआधारमाहालनेपालपत्रकार महासंघ (तत्कालीन नेपालपत्रकार संघ) को संस्थापक सभापति (हालअध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपालपत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाजगर्दै सन्त नेतातथापूवर्प प्र्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापकअध्यक्षमान्दै आएको छ । महासंघको यो कदमप्रति नेपालआदिवासीजनजातिपत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
वि.सं २०१२ चैत १६ गते नेपालपत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापतिबन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।

फोनिज समन्यायिक समाजनिर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामाहाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपालपत्रकार महासंघको संस्थापकअध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापकअध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमानमात्रहोइन, नेपालपत्रकार संघ गठन गरेर पहिलो पटक नेपालकापत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलतकामहो ।
देशको प्रधानमन्त्रीबनिसक्नु भएका भट्टराईलाई गलततथ्यकाआधारमापत्रकार महासंघको संस्थापकमान्नु उहाँको योगदानलाई विवादितपार्नु र मानमर्दन गर्नु पनिहो । यस्तो कार्य कतै र कसैबाट पनिनहोस् भन्ने विषयमाफोनिज सचेत छ । प्राप्ततथ्य र प्रमाणहरूका आधारमानेपालपत्रकार महासंघको संस्थापकअध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपालपत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापकअध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनीउल्लेख गरेका गलतविवरण सच्याएर ‘नेपालपत्रकार महासंघका संस्थापकअध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सहीतथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपालपत्रकार महासंघसँग जोड्दार मागगर्दछौँ ।

चन्दा गुरुङ
अध्यक्ष
नेपालआदिवासीजनजातिपत्रकार महासंघ (फोनिज)
जिल्ला समिति, नवलपरासी (ब.सु.पू) शाखा।



सम्बन्धित
Loading...