बुटवल-पाल्पा सडक खण्डमा सवारी आवागमन बन्द




बुटवल-पाल्पा सडक खण्डमा मोटरबाटो भासिँदा सवारी आवागमन बन्द भएको । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो ।

 

दुई दिनसम्म परेको अविरल वर्षाको कारण करिब ४० मिटर सडक भासिएको हो । बिहीबार दिउँसो ३ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो ।

 




भासिएको सडक क्षेत्रमा अहिले केही सानो बाटो बनाई हलुका सवारीसाधन जिप, कार, मोटरसाइकललाई आवतजावत गराइएको भए पनि ठूला सवारी रोकिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिए ।

पानी नपरेमा शुक्रबार दिउँसोसम्म अवरुद्ध सडक सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले जनकारी बताए ।

 

सडक पूर्णरूपमा सञ्चालन नहुँदासम्म तानसेन बुटवल सडकमा यात्रा नगर्न सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।



सम्बन्धित
Loading...