नवलपुरको गण्डक नहरमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीको गण्डक नहरमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ रानी नगरस्थित गण्डक नहरमा शनिबार साँझ ६ बजेतिर अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेको हो ।
शवको पहिचान नभएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।