नवलपुरमा प्रदेश र प्रतिनिधि सभामा एमालेबाट आकांक्षीहरु को को ?

नवलपुर २ प्रत्यक्षमा महतको एकल नाम सिफारिस




नवलपरासी, १९ भदौं । नेकपा एमाले नवलपुरले आगामी संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।

यस अघि नवलपुर २ संघ तर्फ प्रत्यक्षमा सांसाद तिलक महतको एकल नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ भने ज्ञान बहादुर बोटे, सुरज कुमार कहार र दान कुमारी पाण्डेको नाम सिफारिस भएको छ ।




त्यसैगरी नवलपुर प्रतिनिधि सभा १ मा प्रत्यक्ष र समानुपातिक गरि ६ जनाको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्ष तर्फ कृष्ण पौडेल, रविन्द्र अधिकारी र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिकतर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेलको नाम सिफारिस भएको छ ।

संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाको नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरी २९ जनाको नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयोजक सागर पोख्रेलले जानकारी दिए ।

प्रदेशसभा तर्फ दुईको क मा प्रत्येक्षमा सूर्यप्रसाद पाण्डे, पद्मा जिसी श्रेष्ठ र मोहदत्त अधिकारीको नाम सिफारिस भएको छ । समानुपातिकमा क मा लिला पोख्रेल थनेत, युक्तप्रसाद गौडेल, नेत्र बहादुर विश्वकर्मा, चिन्तामणी महतो चौधरी, पूर्ण प्रकाश सुनार, सरस्वती पन्थी, प्रेमशंकर मर्दनिया, बाल प्रसाद ठाडा मगरको नाम सिफारिस भएको छ ।

२ को ख मा प्रत्यक्षतर्फ लक्ष्मण बहादुर पाण्डे, पदमराज लम्साल, कर्णबहादुर सुनारी, बाबुराम पाण्डे, रामप्रसाद आचार्य यस्तै समानुपातिक तर्फ दिपक विश्वकर्मा, सागर लुइटेल, जोगमाया महतो, लक्ष्मी सुनार, रन्नता काफ्ले, राधा ढकाल, सरिता शर्मा भट्टराई, सुनिता गहतराज सुनार र केवल बहादुर पाल्पालीको नाम जिल्ला किमिटिमा सिफारिस भएको छ । आइतबार आकांक्षीहरुको देखाउनेको नामावली संकलन गरि आएका सबै नाम जिल्लालाई सिफारिस गरिएको हो ।

संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर १ तर्फ ३१ जनाको नाम सिफारिस भएको छ । आज दलदलेमा उम्मेदवार सिफारिस बैठकमा प्रतिनिधिसभा १, प्रदेश सभा १ को क र ख तर्फ ३१ जनाले उम्मेदवारको आकाङ्क्षा प्रकट गरि नाम दर्ता गराएका हुन् ।

सोहि अनुसार संकलित नाम जिल्ला किमिटिमा सिफारिस गरिएको नेकपा एमाले नवलपुरका प्रचा÷ विभाग प्रमुख पोख्रेललेले बताए ।

प्रदेश सभा १ को क तर्फ षडानन्द लामिछाने, यमुनाथ आचार्य, गोपेन्द्र केसरी न्यौपाने, पदमलाल पौडेल र शिवहरि अधिकरीको नाम सिफारिस भएको छ ।
समानुपातिकमा टंक माकिम, देउकला बराल, यदुनाथ सिग्देल, हरि बहादुर बिक बराली, इन्द्रबहादुर कुमाल रहेका छन् ।

१ को प्रदेश सभा खमा प्रत्यक्ष तर्फ होमनाथ जैसी, टङ्कनाथ गिरी, रोशन बहादुर गाहा, रामप्रसाद मरासिनि, मुक्तिराम पाण्डे र कल्पना भण्डारीको नाम सिफारिस भएको छ ।

समानुपातिकमा राजेश सुनाम, सिता कुमारी न्यौपाने खड्का, गोमा कुमारी नेपाली, नेत्र नारायण थनेत, टंकमणी शर्मा, लाल बहादुर नेपाली, सीता पंगेनी, कृष्ण बहादुर सार्की र युवराज वाग्ले रहेका छन् ।

https://www.youtube.com/watch?v=8tks59yUgq4



सम्बन्धित
Loading...