नवलपुर प्रहरीलाई ठूलो सफलता, १ करोड बढीको अवैध सामग्री बरामद




रामकुमार श्रेष्ठ –

नवलपरासी । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले १ करोड बढीको अवैध सामग्री बरामद गरेको छ ।

 




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक सन्तोष पाठकका अनुसार गोप्य सूचनाको आधारमा आज प्रहरीले ना ३ ख ५१६८ नम्बरको ट्रकबाट उक्त सामग्री बरामद गरेको हो ।

 

पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ५१६८ नम्बरको ट्रकलाई कावासोती १६ चालिस किलो जंगलमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले ट्रक, ट्रक चालक, सहचालक र अवैध सामग्री सहित नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले कपडा, चिनी, युरिया मल समेत गरी १ करोड २६ हजार ९ सय ९० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

 



सम्बन्धित
Loading...