राप्रपाका विक्रम पाण्डे नवलपुर १ मा चुनाव लड्ने, २ बाट विष्णु अधिकारी




नवलपुर । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

 




राप्रपा नवलपुरको पदाधिकारी बैठकले क्षेत्र नं १ मा पाण्डे र क्षेत्र नं २ मा जिल्ला अध्यक्ष विष्णु अधिकारीको एकल नाम सिफारिस गरेको जिल्ला सचिव गुणाखर काफ्लेले बताए ।

 

राप्रपाले प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट प्रत्यक्षतर्फ लालप्रसाद बराल, २ “ख” को प्रत्यक्षतर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको छ भने प्रदेश सभा २ को “क”बाट प्रत्यक्ष तर्फ लाल प्रसाद बराल, २ “ख” को प्रत्यक्ष तर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको हो ।

 

त्यस्तै बैठकले प्रतिनिधि सभा क्षेत्र नं १ को समानुपातिक तर्फ निलकण्ठ काफ्ले, डा. मोहनीलाल भुसाल, छत्रराज बगाले, चन्द्रदत्त जैसी र महिलातर्फ विन्दु अधिकारी पहाडी र सिता बस्याल र प्रतिनिधी सभा क्षेत्र नं २ को समानुपातिक तर्फ नुन बहादुर आले, दल बहादुर केसी, शालिकराम उपाध्याय र ठाकुर प्रसाद रेग्मीको नाम सिफारिस भएको काफ्लेले बताए ।

 

यस अघि चितवनमा प्रचण्डसँग निर्वाचन लडने बताईरहेका पाण्डेको नाम नवलपुरबाट समेत सिफारिस भएको हो । नवलपुर क्षेत्र नं १ बाट काँग्रेसबाट डा. शशांक कोइराला, उद्योगपति विनोद चौधरी, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट कृष्ण पौडेल र रविन्द्र अधिकारीको नाम सिफारिस भएको छ ।

एमाले र राप्रपा बिच चुनावी तालमेल हुने कुरा चलिरहेको अवस्थामा पाण्डेको सिफारिसलाई नवलपुरमा अर्थ पुर्ण रुपमा हेरिएको छ । एमालेका केन्द्रिय सदस्य समेत रहेका तिलक महत नवलपुर क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन । यो अवस्था राप्रपालाई क्षेत्र नं १ दिएर क्षेत्र नं २ एमालेले राख्ने सम्भावना रहेको राप्रपा स्रोतले बतायो ।

 

अघिल्लो पटक पनि नवलपुर एक बाट प्रत्यक्षमा सिफारिस भएका पाण्डे सिफारिसमा परे पनि निर्वाचन भने चितवनबाट नै लडेका थिए । यसपटक पनि त्यही क्षेत्रबाट सिफारिस भएका पाण्डेलाई एमालेले सहजै छाडने अवस्था भने छैन ।

 

यो क्षेत्रमा एमाले नेता कृष्ण पौडेलको बलियो दाबी रहेको र टिकट उनैले पाउने एमाले नेताहरु बताउछ्न ।

 



सम्बन्धित
Loading...