घरबाट स्कूल हिडेका बालक साथीसँग पौडी खेल्न गएपछि


रामकुमार श्रेष्ठ –



नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा घरबाट स्कूल जाने क्रममा वेपत्ता भएका बालकको खोजी गर्ने क्रममा पौडी खेल्न गएको पाइएको छ ।

कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता भएका थिए ।




उनलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार फेला पारी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जनाएको छ ।

समता शिक्षा निकेतनमा पढ्ने आशिष स्कुल ड्रेस लगाएर लगाएर घरबाट हिडेकै अवस्थामा हराएका थिए ।

 

१ दिनसम्म घर नआएपछि उनको खोजी गरिएको हो ।

बालक स्कूले साथीभाईसँग पौडी खेल्न गएको पाइएको छ ।

 

उनी एक रात साथीकै घर बसेका थिए ।

 



सम्बन्धित
Loading...