थाई आर्मी कलेजमा गोली चल्दा २ जनाको मृत्यु


 



बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन् । सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः ५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका छन् ।



सम्बन्धित
Loading...