आदिबासी जनजाति सहकारीको १२ औं साधारण सभा
आदिबासी जनजाति सहकारीको १२ औं साधारण सभा

१ असोज , नवलपुर ।
आदिबासी जनजाति उत्थान सुचना तथा संचार सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
नवलपुरको कावासोतीमा रहेको देशभर एउटा मात्र रहेको आदिवासी जनजाति सहकारीको शनिबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष जगतकाजी गुरुङको सभाध्यक्ष्तामा रहेको थियो । कार्यक्रमको उद्घाटन संस्थाका वरिष्ठ सल्लाहकार एवं संस्थाका निवर्तमान अध्यक्ष रुद्र बहादुरद्वारा गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा रहेको एक मात्र आदिवासी जनजाति सहकारीलाई सबैले हातेमालो गर्दै अगाडि जानू पर्ने बताएका थिए ।
सहकारी मार्फत बुद्धदर्शन टेलिभिजन स्थापना गरि संस्थाले जनजातिको हकहित र अधिकारका बारेमा बुलन्द गर्ने कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
संस्थाले सहुलियत रुपमा ऋण दिदै जनजाति समुदायको जीवनस्तर उकास्ने कार्य गरेको भन्दै प्रशंसा गरिएको थियो । यस्तै कार्यक्रममा तीन जना जनप्रतिनिधि , असल ऋणी दुई जना र उत्कृष्ट बचत कर्ता दुइ जनालाई सम्मान पत्र र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम पुन समाज हलमा भएको हो ।