नवलपुरः घरमै अस्लिल भिडियो देखाइ बला त्कार गर्ने पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा एक जना युवतीलाई घरमै अ’श्लि’ल भिडियो देखाई जबर जस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
२२ बर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लिल भिडियोग देखाई जबर जस्ती करणी गर्ने धनिराम भन्ने बुद्दीराम खोजवारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
उनलाई पक्राउ गरी अनुसन्धान पश्चात अभियोग पत्र सहित नवलपुर जिल्ला अदालतमा पेश गरी शुक्रबार अदालको आदेशले पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको उनले जनाए ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा ३ को (९) अनुसार उनलाई दोषी ठहर भए उनलाई ७ बर्ष देखी १० बर्ष सम्म कैद हुने प्रावधान रहेको छ ।