अरुणखोलामा ४ दिने दशैंतिहार विशेष सांस्कृतिक मेला हुने

रामकुमार श्रेष्ठ
नवलपुर । पूर्वी नवलपरासीको अरुणखोलामा ४ दिने दशैं तिहार विशेष सांस्कृतिक मेला हुने भएको छ ।
आदिवासी जनजाति युवा महासंघ, नवलपुरको आयोजनामा अरुणखोलाको अरुणखोला बहुमुखी क्याम्पसमा सांस्कृतिक मेला हुने भएको हो ।
मेला असोज १४ गतेदेखि १७ गते सम्म हुने आयोजकले जनाएको छ ।
शनिबार अरुणखोला पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार मेलाबाट उठेको रकम अरुणखोला बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि प्रयोग गरिने छ ।
आदिवासी जनजाति युवा महासंघ नवलपुरका अध्यक्ष नम्सु सुनारीका अनुसार मेलामा प्रिति आले, पशुपति शर्मा, लाहुरे लगायतका राष्ट्रिय स्तरका गायकहरुका साथै स्थानीय गायकहरुको समेत प्रस्तुति रहने छ ।
त्यसैगरी नवलपुरमा रहेको थारु, मगर, गुरुङ लगायत ११ वटा जनजातिको परम्परागत नाँचहरु पनि देखाइने छ ।
मेलामा ५ वटा स्टल, नवलपुरका सबै कलाकारहरुको प्रस्तुती, कृषि प्रदर्शनी, शैक्षिक विज्ञान प्रदर्शनी रहने सचिव गणेश दराईले बताए । त्यसैगरी मेला नवलपुरका आन्तरिक पर्यटक प्रवर्धन, अरुणखोला आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, जिल्लामा उत्पादिन बस्तुको बजार प्रबद्र्धनका लागि गरिएको आयोजकले जनाएको छ ।
मेलाको करिब १० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।