शान्ति सुरक्षाको विषयमा कावासोती नगर प्रमुख र गण्डकी प्रदेश प्रहरी प्रमुखबीच छलफल




रामकुमार श्रेष्ठ

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल र गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी सहितका सुरक्षा अधिकारीहरुबीच कावासोती नगरपालिका भित्रको शान्ति सुरक्षाको विषयमा छलफल भएको छ ।




शुक्रबार कावासोती नगरपालिकामा छलफल भएको हो । छलफलमा गण्डकी प्रदेशका ट्राफिक प्रमुख, नवलपुरका प्रहरी प्रमुख, नवलपुरका ट्राफिक प्रमुख लगायतको सशभागिता रहेको थियो ।

छलफलमा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले कावासोतीमा ट्राफिक व्यवस्थापन, अटो पार्किङ्ग निर्माण, चोरीका घटना नियन्त्रण, चाडपर्व लक्षित शान्ति सुरक्षाको विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशका प्रहरी प्रमुख जोशीले स्थानीय प्रहरी, ट्राफिक र नगरपालिकाबीच समन्वय गरेर ट्राफिक व्यवस्थापन, अटो पार्किङ्ग, शान्ति सुरक्षा लगायतका विषयमा समन्वय गरेर अगाडि बढ्ने बताएका थिए ।

त्यसैगरी उनले नगरपालिका र प्रहरीबीच एक अर्काको समस्या समाधानका लागि समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए भने नगर प्रमुख भुसालले नगरपालिकाको तर्फबाट सुरक्षा निकायलाई गर्न सक्ने सहयोग गर्न तयार रहेको बताएका थिए ।

नवौं राष्ट्रिय खेलकुन प्रतियोगिताको दुई वटा विधाका खेल नवलपुरको कावासोतीमा हुने भएपछि गण्डकी प्रदेशका प्रहरी प्रमुख यस क्षेत्रको शान्ति सुरक्षाको बारेमा बुझ्न विहीबारदेखि कावासोतीमा आएका हुन् ।

उनले खेलकुद प्रतियोगिता हुने क्षेत्रको निरीक्षण तथा अनुगमन गरेका छन् भने जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुसँग समेत भेटघाट र छलफल गरेका छन् ।



सम्बन्धित
Loading...