नवलपुरमा ६ पदका लागि ६ दर्जन बढीको उम्मेदवारी (सूची सहित)




रामकुमार श्रेष्ठ —

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सत्ता गठबन्धन दलका नेता कार्यकर्ता, विपक्ष दल नेकपा एमाले लगायतका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको निक्कै भिडभाड थियो ।




दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार बनेर उम्मेदवारी गर्न आउनेदेखि निर्वाचनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, समाचार संकलनका लागि खटिएका पत्रकार सबैको आआफ्नै दौडधुप थियो । त्यसैगरी निर्वाचन गराउन खटिएका कर्मचारीहरुमा पनि सक्दो छिटो र चुस्तदुरुस्त ढंगले कसरी आइतबारको काम सक्ने भन्ने धाउन्न थियो ।

यस अघि काँग्रेस, एमालेले बाजी मारेको नवलपुरमा अहिले काँग्रेस एमाले बाहेकका अन्य दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा लगायतका दलका साथै स्वतन्त्र उम्मेदवारले पनि आफ्नो पक्षमा बाजी पार्ने आशका साथ उम्मेदवारी दिन आएका थिए ।

नवलपुरमा उत्साहाजनक रुपमा उम्मेदवारी दर्ता सकिएको थियो । नवलपुरमा ६ पदका लागि ६ दर्जन बढीको उम्मेदवारी परेको छ ।

सूची

जिल्ला नवलपुर गण्डकी प्रतिनिधि सभा निर्वाचन क्षेत्र १

उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र
डा. शशांक कोइराला नेपाली काँग्रेस
कृष्णप्रसाद पौडेल नेकपा एमाले
डा. मोहनीलाल भुसाल राप्रपा
एकनाथ पोख्रेल स्वतन्त्र
विष्णु भट्ट स्वतन्त्र
चित्रध्वज जिसी स्वतन्त्र
राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टी
तुलसीराम भुसाल हाम्रो नेपाली पार्टी
टकबहादुर थापा राष्ट्रिय जनमुक्ति पार्टी
कमल महतो नागरिक उन्मुक्ति पार्टी
रुक्मागत चौलागाई नेपालका लागि नेपाली पार्टी
प्रेमछिरि शेर्मा मंगोल नेशनल अर्गनाइजेशन
भुमबहादुर राइ जसपा नेपाल
मोहन आचार्य नेपाली काँग्रेस (विपी)
विन्दु भट्टराई स्वतन्त्र
सूर्यप्रसाद सापकोटा स्वतन्त्र

 

जिल्ला नवलपुर गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्र १ क

उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र
महेन्द्र ध्वज जिसी नेपाली काँग्रेस
रविन्द्र अधिकारी नेकपा एमाले
सन्तोष थापा मगर राप्रपा
अनु बुढाथोकी जसपा नेपाल
कुमार गुरुङ मंगोल नेशनल अर्गनाइजेशन
बद्री काफ्ले हाम्रो नेपाली पार्टी
यमनाथ बस्ताकोटी नेपाली काँग्रेस (विपी)
राजेन्द्रप्रसाद उपाध्याय स्वतन्त्त
विना आले राष्ट्रिय जनमुक्ति पार्टी
सरोज कंडेल स्वतन्त्र

 

 

जिल्ला नवलपुर गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्र १ ख

रोशनबहादुर गाहा नेकपा एमाले
लोकप्रसाद भुर्तेल माओवादी केन्द्र
रामनाथ उप्रेति राप्रपा
ईश्वरजंग थापा मगर स्वतन्त्र
खनसरा महतो नागरिक उन्मुक्ति पार्टी
खिमबहादुर सुनार नेपालको लागि नेपाली पार्टी
गणेशप्रसाद पोख्रेल नेपाली काँग्रेस (विपी)
चोकनारयण काफ्ले स्वतन्त्र
छविलाल राना मगर जसपा नेपाल
टमबहादुर थापा मगर मंगाले नेशनल अर्गनाइजेशन
ठाकुरप्रसाद चापागाई स्वतन्त्र
शिवकुमार बुढा राष्ट्रिय जनमुक्ति पार्टी

 

जिल्ला नवलपुर गण्डकी प्रतिनिधि सभा निर्वाचन क्षेत्र २

उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र
तिलकबहादुर महत क्षेत्री नेकपा एमाले
विष्णुकुमार कार्की नेपाली काँग्रेस
बालकृष्ण शर्मा गैरे (किसान) माओवादी केन्द्र
विष्णुप्रसाद शर्मा अधिकारी राप्रपा
सालिकराम न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी
लालबहादुर मल्ल स्वतन्त्र
सागर पाठक स्वतन्त्र
मुक्तिप्रसाद पाण्डे स्वतन्त्र
बालकृष्ण कुँवर जोगी स्वतन्त्र
रामप्रसाद आचार्य स्वतन्त्र
जगन्नाथ पोख्रेल हाम्रो नेपाली पार्टी
सिंहबहादुर थापा राष्ट्रिय जनमुक्ति पार्टी
बुद्धिराम थनेत नागरिक उन्मुक्ति पार्टी
ज्ञानबहादुर कुमाल मंगोल नेशनल अर्गनाइजेसन
अम्बरबहादुर धामी थारु नेपाल लोकतान्त्रिक पार्टी

 

जिल्ला नवलपुर गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्र २ क

उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र
विष्णु लामिछाने नेपाली काँग्रेस
पद्मा जिसी नेकपा एमाले
नुनबहादुर आले राप्रपा
लक्ष्मीकान्त रिमाल मौलिक जरोकिलो पार्टी
यदुनाथ सिग्देल हाम्रो नेपाली पार्टी
प्रेमनारायण पाण्डे स्वतन्त्र
सौगम कुमार सिरपाली नेकपा माओवादी केन्द्र
चेतनाथ पोख्रेल स्वतन्त्र
थामबहादुर गाहा राष्ट्रिय जनमुक्ति पार्टी
योग मल्ल स्वतन्त्र
निकिता श्रेष्ठ जसपा नेपाल
हर्कबहादुर डिस्वा मगर मंगोल नेशनल अर्गनाइजेशन
हेमराज गुरौं नेपाली काँग्रेस (विपी)

 

जिल्ला नवलपुर गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्र २ ख

लक्ष्मणबहादुर पाण्डे नेकपा एमाले
डा. गोपाल खनाल नेकपा एकीकृत समाजवादी
भोजबहादुर थापा राप्रपा
मोहन सिंह थापा वाकवल राष्ट्रिय जनमुक्ति पार्टी
रामचन्द्र भण्डारी नेपाली काँग्रेस (विपी)
युवराज कुमाल राष्ट्रिय उन्मुक्ति पार्टी
लालबहादुर गुरुङ मंगोल नेशनल अर्गनाइजेशन
रोशन केसी स्वतन्त्र
दामोदर न्यौपाने स्वतन्त्र
सुरेश कुमाल स्वतन्त्र


सम्बन्धित
Loading...