एमाले नवलपुर चुनावी अभियानमा, निर्वाचन केन्द्रित उपसमितिहरु गठन, वागी उमेदवारको कारवाही फुकुवा




नवलपुर । नेकपा एमाले नवलपुर चुनावी अभियानमा जुटेको छ । एमाले नवलपुरले अहिले जिल्ला स्तरदेखि तल्लो तहसम्म निर्वाचन लक्षित गरी विभिन्न उपसमितिहरु गठनमा जुटेको छ ।

यसैबीच सोमबा बसेको नेकपा एमाले नवलपुरको जिल्ला निर्वाचन परिचालन सचिवालय बैठकले आसन्न मंसिर ४ को निर्वाचनका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।




एमाले नवलपुरका अनुसार नेकपा एमाले गण्डकी प्रदेश सल्लाहाकार समिति संयोजक जनलाल श्रेष्ठको संयोजकत्वमा ८ सदस्य अनुगमन समिति गठन गरेको छ । जस्को सदस्यहरुमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्यहरु जीवन श्रेष्ठ, टंकमणि पौडेल, गोपेन्द्र केशरी न्यौपाने, पूर्णप्रकाश वि.क., कृष्ण घिमिरे, हरिप्रसाद न्यौपाने, पदमराज लम्साल रहेको नेकपा एमाले नवलपुर प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताए ।

बैठकले प्रतिवद्धतापत्र प्रकाशन, मतदाता नामावली छपाई, स्वयम् सेवक परिचालन र जिल्ला स्तरीय छपाई तथा प्रकाशन समितिको संयोजनको जिम्मा पाटी कार्यालयलाई दिएको छ भने मिडिया परीचालन तथा प्रचार प्रसारका लागि जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाललाई जिम्मेवारी प्रदान गरेको छ ।

नेकपा एमाले नवलपुरले पाटी संगठित सदस्यबाट आर्थिक संकलनगर्ने भएको छ । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचन परीचालनका लागि नवलपुर जिल्लाभित्र रहेका पाटी संगठित सदस्यबाट आर्थिक संकलन गर्ने र पाटी संगठितबाट संकलित सहयोगबाट निर्वाचन परीचालन निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कारवाहीमा परेको पाटी सदस्यहरुको कारवाही फुकुवा गर्ने निर्णय समेत गरेको पोख्रेलले बताए ।

वैठकले गैडाकोट नगरपालिकाका लालवहादुर आले, प्रेम पाठक, रुद्र अधिकारी, मेघराज सुवेदी, कावासोती नगरपालिकाका चेतप्रसाद डुम्रे, सुशील पौडेल र गोविन्द पाण्डेको कारवाही फुकुवा गरेको छ । उनीहरु स्थानीय तहको निर्वाचनमा कोही पार्टीका उम्मेदवार विरुद्ध वागी उमेदवार बनेको र कोहीले बागी उमेदवारलाई सघाएको आरोप लगाएको थियो ।

त्यस्तै बैठकले पाटी विधान विपरीत कार्य गरेको भन्दै जिल्ला सल्लाहाकार सदस्य यदुनाथ सिग्देललाई पाटीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा एमाले नवलपुरले जनाएको छ ।

बैठक नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो ।

वैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण पौडेल, नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्य पदका उम्मेदवार रविन्द्र अधिकारी, एमाले केन्द्रिय लेखाआयोग सदस्यतथा नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्य पदका उम्मेदवार पद्मा जिसी श्रेष्ठ, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार रोशन बहादुर गाहा र नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी सभा सदस्य पदका उम्मेदवार लक्ष्मण पाण्डे समेतको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...