सुस्ताको बाढी र डुबान समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी




नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार चाैधरीले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहर क्षेत्रका प्रभावितहरूसँग वर्षातको समयमा बाढीले दिने दुःख र प्रभावबारे जानकारी लिएका थिए। प्रतिनिधिसभा सदस्यको उम्मेदवार चौधरीले बाढी र डुबानको समस्या समाधान गर्ने विषयमा आफू गम्भीर रहेको बताए।




सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए। स्थानीय हरि चौधरीले नारायणी बस्तीनजिक रहेको र गण्डक नहरले समेत छोएकाले बाढीको समस्या रहेको भन्दै उद्योगपति चौधरीले आफूहरूको समस्या समाधान गर्ने आशा व्यक्त गरे।



सम्बन्धित
Loading...