नवलपुरमा तास खेलेका ५ जना पक्राउ

नवलपुर ।
पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विनयी त्रिवेणी गाउँपालिका २ डाँडा जोरबाट तास खेलिरहेका ५ जनालाई ३ बुक तास र १७ हजार २ सय ४० रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।
प्रहरीले विनयी त्रिवेणी ४ का बाबुराम थापा, तेजबहादुर थापा, विनयी त्रिवेणी ३ का सागर जिसी, विनयी त्रिवेणी २ का मनोज सोमै र घरबेटी सीता पाण्डेलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।