मेराे यस कारण स्वतन्त्र उमेदवार: तुलसीराम भुसाल
मेराे यस कारण स्वतन्त्र उमेदवार: तुलसीराम भुसाल
देवचुली –
हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य नवलपुर क्षेत्र नं १ का उम्मेदवार तुलसीराम भुसालले पुराना नेताहरू विस्थापित गरी नयाँ पुस्तालाई स्थापित गर्न आफ्नाे उमेदवारी दिएका छन् ।

भुसालले देवचुलीमा पत्रकार सम्मेलन गरि यस्ताे बताएका हुन् । उनले भने – देश दलहरूले विगारे, देश बनाउन हाम्राे उमेदवारी हाे ।
उनले अब जनताहरुले उहि पुराना नेता र पुराना पार्टीलाई बहिष्कार गर्नुपर्ने बताएका छन् ।
देवचुलीमा हाम्राे नेपाली पार्टी “लौरो अभियान” नवलपुरको जिल्ला सम्पर्क कार्यालयको स्थापना सँगै पत्रकार सम्मेलन कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले आँफू निर्वाचित भएपछि नवलपुर जिल्लाको नामलाई कायम गर्ने, त्रिवेणी देखि पोखरा जोड्ने कार्यलाई पूर्णता दिने र शिक्षा, स्वास्थ्य, कृषिबाट युवाहरुलाई रोजगार प्रदान गर्ने तीन कार्यलाई प्राथमिकता दिने बताएका छन् ।
कार्यक्रममा भुसालले आसन्न निर्वाचनका लागी आफ्नो एजेण्डा प्रस्तुत गर्दै यस क्षेत्रका सबै पालिका समेटिने गरि राष्ट्रिय महत्व राख्ने एक बहुमुखी कलेज, २०० शैयाको टिचिङ अस्पताल, एक व्यवस्थित बसपार्क, एक अन्तराष्ट्रिय पर्यटन गन्तव्य, एक प्राकृतिक उत्खनन केन्द्र, एक जिल्ला स्तरको बालउद्धान, एक औधोगिक उत्पादन केन्द्र, एक राष्ट्रिय स्तरको संग्रालय र एक खेल मैदान निर्माण गरि नवलपुर जिल्लाको एकिकृत विकास मोडेल निर्माण गर्ने जस्ता मुख्य योजना सहित आफु निर्वाचनमा होमिएको बताएका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य क्षेत्र नं २ (क) का यदुनाथ सिग्देलले यो देशलाई सुखी र समृद्ध बनाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले देश परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकाले त्यसको सुशासन, सुव्यवस्था र विकासका लागि हाम्रो नेपाली पार्टी लौरो अभियानका लागि चार जनाको उम्मेदवारी रहेकोले नेतृत्व हतान्तरण गर्न सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् ।
“बाआमालाई टेकाउने, भ्रष्टचारीलाई सेकाउने” स्वतन्त्र तथा वैकल्पिक शक्ति “लौरो अभियान” नवलपुरको जिल्ला सम्पर्क कार्यालयको आजैबाट संचालन गरिएको छ ।