नवलपुरमा राति ९ बजेबाट देउसी खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय नवलपुरले तिहारको समयमा रातको ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरि देउसी खेल्न आग्रह गरिएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी सूचनामा रातको ९ बजेपछि देउसी भैलो खेल्न पाउने उल्लेख गर्दै राती ९ बजेपछि देउसी भैली खेल्ने गतिविधि भएमा कारवाही गरिने जनाएको छ ।