स्वतन्त्र उम्मेदवार काफ्लेले होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण

कावासोती – नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभाको ख बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका चोक नारायण काफ्लेले नवलपुर होटल व्यावसायी संघ नवलपुरको उपाध्यक्षको पद हस्तान्त्रण गर्नुभएको छ ।
निवार्चन भरी आफुले समय दिन नसक्ने भएपछि उपाध्यक्षको कार्यबहाक पद हस्तान्त्रण गरेको चोक नारायण काफ्लेले बताउनु भयो ।
पद हस्तान्त्रण कार्यक्रममा नवलपुर होटल व्यावसायी संघका पदाधीकारीले जितको शुभकामना दिएका थिए । संघका अध्यक्ष सन्तोष रानाले जितको कामना गर्दै होटल व्यावसायीको समस्या र पिडा बाट अब छुट्करा मिल्ने आशा व्याक्त गरे । पर्यटन तथा कृषिलाई उजागर गर्ने नारा उँहाले लिएकोमा धन्यबाद दिदै नवलपुरको बिकासको लागी कृषि र पर्यटनमा जोड दिनुपर्ने अध्यक्ष थापाले बताए ।
नवलपुर १ को प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका काफ्लेले चुनाब चिन्ह धारा पाउनु भएको छ । सबै स्वतन्त्र उम्मेदवारहरुलाई चुनाब चिन्ह रोजाएकोमा आफुले धारा चिन्ह रोज्नुमा खास अर्थ रहेको बताउनु भयो । देबचुली खानेपानी संस्था देशमै अब्बल रहेको र धाराको पानी जस्तै राजनिती शुद्ध पार्न पर्ने आवश्यक रहेकोले आफुले धारा चिन्ह रोजेको बताउनु भयो ।
कलाकार, साहित्यकार तथा व्यावसायीको परिचय बनाउनु भएका काफ्ले बिभिन्न सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ । उँहाको देबचुली दलदलेमा हातेमालो इिन् होटल सन्चालनमा छ ।
हस्पीटालिटी एण्ड टुरीजम सेक्टर अन्तरगत होटल व्यावसायी संघ नवलपुरका भ्वाईस प्रसिडेन्ट,हातेमालो केन्द्रका सन्चालक,लायन्स कल्ब अफ देबचुली दिब्यका अध्यक्ष लगायतमा आफु सक्रिय रहेको बताउनु भयो ।
बिभिन्न राजनितीक दलले आफ्नो दलबाट उम्मेदवारी दिन गरेको आग्रह आफुले नमानेको काफ्ले बताउनु हुन्छ । दलको उम्मेदवारी हुदा दलकै खटनपटन सहन पर्ने हुँदा आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो ।
नवलपुरमा प्रतिनिधी सभाको लागी दुई निर्वाचन क्षेत्र छन्भने प्रदेश सभा अन्तरगत ४ निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र १ को ख अन्तरगत उम्मेदवार दिनुभएका काफ्लेको क्षेत्रमा नेकपा एमालेले रोशन गाहालाई उठाएको छ भने सत्तापक्षिय गठबन्धन बाट माओवादीले लोक प्रसाद भुर्तेललाई उठाएको छ ।