नारायणीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु


नारायणीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु

रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीमा नारायणी नदीमम स्नान गर्ने क्रममा डुबेर एक जना जेष्ठ नागरिककाे निधन भएकाे छ ।



नवलपुरकाे गैडाकाेट नगरपालिका १ आदर्शटोल स्थित नारायणी नदिको किनारमा नुहाउने क्रममा गैडाकोट १ गंगानगर टोल बस्ने बर्ष ९३ को टंकनाथ कंडेलकाे डुबी मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकाेट नवलपुरले जनाएकाे छ ।

भाईटिकाकाे दिन दिउँसाे नदीमा नुहाउने क्रममा निधन भएका कंडेलकाे शव साँझ प्रहरी नदीबाट निकाली पाेष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाईएकाे र शव पाेष्टमार्टम पश्चात् आफन्तले बुझिलिएकाे प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...