नवलपरासी सिमा सुरक्षा बैठक, सीमा नाका मंसिर २ देखि ४ गते सम्म ७२ घण्टाका लागि सिल




नवलपरासी । नेपाल–भारत सिमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा भएको छ ।

आशन्न निर्वाचनमा सिमा क्षेत्र वरपर शान्ति सुरक्षा बनाई राख्ने उद्देश्यले भारतीय र नेपाली अधिकारीबीच अन्तर जिल्ला सिमा बैठक बसेको हो । बैठकमा चुनावलाई लक्षित गरी सीमा सुरक्षाका विषयमा छलफल भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरले बताए ।




भारतको बिहार राज्यसंग सिमा जोडिएका नेपालका ६ जिल्ला प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपाल तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नेतृत्व गरेका थिए ।

बैठकमा भारत सिमावर्ति सुरक्षा अधिकारीहरू सहित बिहार राज्य पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकको उपस्थिति रहेको थियो ।

बैठकले नेपालमा सम्पन्न हुन गई रहेको मंसिर ४ को निर्वाचन सुरक्षाका लागि भारतसंग सिमा जोडिएका रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र पश्चिमका नाकाहरू मंसिर २ देखि ४ गते सम्म ७२ घण्टाका लागि सिल गर्ने निर्णय गरेको छ ।

यसै गरि बैठकमा मदिरा तथा लागू पदार्थ ओसारपसार, जाली नोट तस्करी लगायत अन्तर सिमा अपराध सम्बन्धि गैरकानुनी गतिविधि नियन्त्रण तथा नेपाल भारत छिमेकी जिल्ला बीच सूचना आदानप्रदानका बिषयमा छलफल तथा समझदारी भएको प्रजिअ घिमिरेले बताए ।



सम्बन्धित
Loading...