जनता मावि डण्डालाई १ करोड ६० लाखको लागतमा ८ कोठे भवन हस्तान्तरण


रामकुमार श्रेष्ठ –



नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ शहिदनगर डण्डामा रहेको जनता माध्यमिक विद्यालयलाई ८ कोठे भवन हस्तान्तरण गरिएको छ ।

नेपालहिल्फे वेलिङ्गग्रिस इ भी जर्मनीको आर्थिक सहयोग र हेचर नेपालको समन्वयमा १ करोड ६० लाखको लागतमा ८ कोठे भवन निर्माण गरी हस्तान्तरण गरिएको हेचर नेपालका अध्यक्ष रामराज पण्डितले बताए ।




विद्यालय भवनको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गरेका थिए ।

भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा नेपालहिल्फे वेलिङ्गग्रिस इ भी जर्मनीका प्रमुख म्यानफ्रेड लिन्डेरले आफूहरुले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको थियो । श्रेष्ठले भवन हस्तातरण पछि विद्यालयमा विद्यार्थीहरुलाई प्राविधिक शिक्षा लगायतका अन्य विषयहरु अध्यापन गराउन सहज हुने बताए ।

निर्माण गरी हस्तान्तरण गरिएको विद्यालय कक्षा कोठामा डेक्स, बेन्च लगायतका सामग्रीहरु समेत नेपालहिल्फेले सहयोग गरेको थियो ।



सम्बन्धित
Loading...