एमाले नवलपुर १ का उम्मेदवारहरू घरदैलाेमा




नेपाल कम्युनिष्ट पार्टी एमाले क्षेत्र नं. १ नवलपुरले बिहिवार कावासाेतीमा घरदैलो कार्यक्रम गरेकाे छ ।

नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार कृष्णप्रसाद पाैडेल तथा साेही क्षेत्रकाे प्रदेश ख उम्मेदवार राेशन बहादुर गाहाले पार्टी पदाधिकारी तथा कार्यकर्ता सहित घरदैलाे गर्नु भएकाे थियाे ।




कावासाेती नगरपालिका वडा नं. ८ काे घरदैलाेकै क्रममा स्थानीय नयाँ बजारमा आयाेजित काेण सभामा बाेल्दै संबिधान सभा सदस्य एवं संघीय उम्मेदवार कृष्ण पाैडेलले नवलपुर जिल्लाले परिवर्तन खाेजेकाे बताउदै यहाँको बिकास र संबृद्दीका लागि एमाले पक्षमा मतदान गर्न आग्रह गर्नु भयाे ।

साेही अवसरमा प्रदेश उम्मेदवार राेशन बहादुर गाहाले नवलपुर क्षेत्र नं.१ मा नेकपा एमालेले जनतासंग हातेमालाे गरी नयाँ शिराबाट बिकास र इतिहास कायम गर्न चाहेकाे बताउनु भयाे ।

गाहाले अघिल्लाे सरकारमा रहदा एमाले छाेटाे समयमा पनि उपलब्धि मुलक काम गरेकाे दाबी गर्दै नवलपुरबासीले रूपान्तरकाे बिकास चाहेकाछन् भन्नुभयो ।



सम्बन्धित
Loading...