नवलपुरमा भेटिएको शंकास्पद बस्तु डिस्पोज




रामकुमार श्रेष्ठ –

नवलपरासी । नवलपुरको मध्यविन्दु–१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाको टोलिले आज बिहान डिस्पोज गरेको छ । उक्त शंकास्पद बस्तु बम नभई उक्त बस्तु अर्धबम (हुक्स) अर्थात क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु रहेको प्रहरीले जनाएको छ ।




बिहान ७ः३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद बस्तु (कुकर) भित्र पटका भरेर राखिएको थियो । प्रेसर कुकरमा पलास्टिक बेरिएको र खतरा लेखिएको अवस्थामा हिजो साँझ शंकास्पद बस्तु फेला परेको थियो।

शंकास्पद वस्तु कस्ले राखेको नखुलेको उनले बताए ।

नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत लगायतका दलहरुले निर्वाचन बहिस्कार आव्हान गर्दै पर्चा वितरण, पोष्टर, पम्लेष्ट गरिरहेका छन् ।

शुक्रबार राति भेटिएको उक्त संकांपद वस्तु विहान मात्र डिस्पोज गरिएको थियो ।



सम्बन्धित
Loading...