नवलपुरको नमुना सदरमुकाम नजिकै शंकास्पद वस्तु, मध्यरातमै सेनाको टोलीले डिस्पोज गर्यो




रामकुमार श्रेष्ठ –

नवलपरासी । निर्वाचनको पूर्व संन्ध्यामा पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ नमुना सदरमुकाम नजिकै शंकास्पद बस्तु भेटिएको छ ।
कावासोती नगरपालिका वडा नं. ३ को वडा कार्यालयको नवनिर्मित भवन नजिकै चौतारामा शंकास्पद बस्तु भेटिएको हो ।




कुकरमा तार बेरेर खतरा लेखिएको अवस्थामा उक्त शंकास्पद बस्तु भेटिएको हो । उक्त बस्तुलाई शनिबार राति ११ बजे नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

पाठकका अनुसार उक्त शंकास्पद बस्तु बम नभई उक्त बस्तु अर्धबम (हुक्स) अर्थात क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु रहेको थियो ।
डिस्फोजको क्रममा स्थानीयले ठूलो आवाजका साथ विस्फोट भएको बताए ।

यस अघि शुक्रबार राति नवलपुरको मध्यविन्दु–१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाको टोलिले शनिबार बिहान डिस्पोज गरेको थियो ।

शंकास्पद वस्तु कस्ले राखेको नखुलेको उनले बताए ।

नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत लगायतका दलहरुले निर्वाचन बहिस्कार आव्हान गर्दै पर्चा वितरण, पोष्टर, पम्लेष्ट गरिरहेका छन् ।



सम्बन्धित
Loading...