पश्चिम नवलपरासीमा १०३ बर्षीय जेष्ठ नागरिकले मतदान गरे, अहिलेसम्म १३ प्रतिशत मत खस्यो




रामकुमार श्रेष्ठ –

नवलपरासी । पश्चिम नवलपरासीमा १ जना १ सय ३ बर्षीय जेष्ठ नागरिकले मतदान गरेका छन् ।




आज भइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको क्रममा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ धरमपुर निवासी १ सय ३ बर्षीया जेष्ठ नागरिक फुलमती तामाङले मतदान गरका हुन् ।

उनले पश्चिम नवलपरासीको ज्ञान ज्योति आधारभूति विद्यालयको मतदान केन्द्र ख बाट मतदान गरेका हुन् ।

त्यसैगरी पश्चिम नवलपरासीमा विहान १० बजेसम्म १३ प्रतिशत मत खेसको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी १५ हजार ४ सय २४ जना पुरुष र १६ हजार ९ सय ९२ जना गरी ३२ हजार ४ सय १६ जना अर्थात १३ प्रतिशत मतदाताले मतदान गरिसकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल बताए ।

पश्चिम नवलपरासीमा २ लाख ४० हजार ९ सय ३० मतदाता रहेका छन् । यहाँ २ वटा प्रतिनिधि सभा सदस्य र ४ जना प्रदेश सभा सदस्यका लागि प्रतिप्रधा भईरहेको छ ।

पश्चिम नवलपरासीमा १ सय २० वटा मतदान स्थलका २ सय ८७ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।



सम्बन्धित
Loading...