नवलपुरमा एसिडले मतपेटिका जलायाे, १ जना पक्राउ
नवलपुरमा एसिडले मतपेटिका जलायाे
रामकुमार श्रेष्ठ –
नवलपरासी – नवलपरासी पुर्व , देवचुली नगरपालिका ४ मा रहेकाे शान्ति श्रृजना केन्द्रमा मतपेटिका आगलागि भएकाे छ ।

प्रदेस तर्फकाे समानुपातिक मत पेटिका रहेकाे जिल्ला निवार्चन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले बताए ।
देवचुली ४ निवासी नारायण भण्डारीले ३ वटा मत हालिसकेपछि चाैथाैं अर्थात अन्तिम मत हाल्ने बेलामा मत पेटिकामा एसिड हालेका थिए ।
उनलाई नियन्त्रणमा लिएकाे र मतदान प्रकृया के गर्ने भन्ने विषयमा निर्वाचन आयाेगमा जानकारी गराईएकाे भुसालले बताए ।
मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।