मतपेटिका जलेकाे केन्द्रमा मतदान हुंदै
मतपेटिका जलेकाे केन्द्रमा मतदान हुंदै

नवलपरासी ५ मंसिर ।
नवलपुर
मतपेटिकामा आगजनी भएकाे पूर्वी नवलपरासीकाे झांक्रे मतदान केन्द्रमा मतदान सुरू भएकाे छ ।
कडा सुरक्षा ब्यवस्था सहित सुरु भएकाे मतदानमा मतदाताकाे उपस्थित बाक्लो रहेकाे छ ।
कूल मतदाता ९ सय ८० रहेकाे देबचुुली ४ शान्ति सिर्जना आधारभूत बिद्यालयमा अहिले सम्म १ सय बढी मत खसेकाे मतदान अधिकृत ज्ञान प्रसाद भुसालले बताए ।
पूर्वी नवलपरासी क्षेत्र नं.१ प्रदेश (क) अन्तरगतकाे समानुपातिक तर्फकाे मत खसाल्दै गर्दा मतदाता नारायण भण्डारीले सुटुक्क बडिलाेसन खन्याए पछि मतपेटिकामा आगाे लागेको थियाे ।
प्रहरीले भण्डारीलाई आफ्नाे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।