नवलपुर २ मा मतगणना शुरु, काँग्रेसको शुरुवाती अग्रता

रामकुमार श्रेष्ठ –
नवलपरासी, ५ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको लागि मतगणना शुरु भएको छ । यहाँ नेपाली काँग्रेसका विष्णु कार्कीले शुरुवाती अग्रता लिएको छ ।
हुप्सेकोट गाउँपालिका ६ मा खसेको १२ सय ६४ मत गणना सकिँदा नेकपा एमालेका तिलक महतले ४ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका विष्णु कार्कीले ७०६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ३ मत, राप्रपाका विष्णु अधिकारीले ४, हाम्रो नेपाली पार्टी जगन्नाथ पोख्रेलले ४ मत प्राप्त गरेका छन् ।
नवलपुर क्षेत्र नं. २ मा १ लाख २९ हजार २ सय ८० जना मतदाता रहेका छन् ।