नवलपरासी पूर्व र पश्चिममा मतगणना जारी




घनश्याम बगाले –

नवलपरासी ६ मंसिर,
नवलपरासीका पूर्व र पश्चिम दुवै जिल्लामा मतगणना जारी रहेकाे छ । साेमबार अपरान्हबाट सुरू भएको क्षेत्र नं.२ काे मतगणनामा नेपाली कांग्रेस अगाडि रहेकाे छ ।




गठबन्धनबाट उठेका कांग्रेस उमेदवार बिष्णु कुमार कार्कीले ७ हजार ८ मत ल्याउदा एमालेका तिल बहादुर महतलाई ६ हजार ३ सय ८९ मत प्राप्त भएकाे छ ।

ढिला मतगणना सुरू भएकाे नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा.शशांक काेईरालले २ हजार ९ सय ९४ र एमालेका कृष्ण पाैडलले १ हजार ८ सय १५ मत ल्याउनु भएकाे छ । नवलपुरमा १ लाख ७२ हजार ७ सय ८२ मत खसेकाे थियाे ।

यसै गरि पश्चिम नवलपरासीकाे क्षेत्र नं.१ मा कांग्रेस उम्मेदवार बिनाेद चाैधरी अगाडि रहेकाछन् । चाैधरीले ३ हजार १ सय ३९ र एमाले समर्थनमा उठेका जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले २ हजार १ सय ९० मत तेस्रो स्थानमा पुगेकाछन् ।

मतगणनामा यहाँकाे दाेस्रो स्थानमा २ हजार ९ सय ४९ मत घण्टी चिन्हका उम्मेदवारले ल्याएकाछन् । याे क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेकाे छ ।
यस्तै पश्चिम नवलपरासीकै क्षेत्र नं.२मा राप्रपा उम्मेदवार अगाडि रहेकाछन् । राप्रपाका उम्मेदवार पूर्व आजिपी ध्रुब बहादुर प्रधानले ४ हजार ९ सय १२ मत ल्याएकाछन् ।

प्रधानलाई कांग्रेस उम्मेदवार पूर्व गृहराज्य मन्त्री देबेन्द्र राज कंडेलले १ हजार ६ सय ६२ मतका साथ पछ्याएकाछन् ।

नवलपरासीका दुवै जिल्लामा प्रदेश सभाकाे मत पनि साथसाथै गणना गरिएकाे  जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । पछिल्लो मतगणना अनुसार प्रदेश तर्फ पूर्वमा एमाले र पश्चिममा राप्रपा अघि देखिएकाे छ ।



सम्बन्धित
Loading...