नवलपुर २ खः गठबन्धनलाई पछाडि पार्दै एमालेका पाण्डे २१०२ ले अगाडि

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत नवलपुर २ ख मा गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै नेकपा एमालेका लक्ष्मण बहादुर पाण्डे २ हजार १ सय २ मतले अगाडि रहेका छन् ।
यहाँ अहिलेसम्म १९ हजार ६ सय ५७ मत गणना सकिदासम्म ५५७ मत बदर भएको छ ।
नवलपुर २ ख मा नेकपा एमालेका पाण्डेले ८४८९ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका डा. गोपाल खनालले ६३८७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका भोजबहादुर थापाले २८६४ मत प्राप्त गरेका छन् ।