नवलपुर १ (१) मा काँग्रेसका जिशी विजयी

रामकुमार श्रेष्ठ –
७ मंसिर, नवलपुर ।
नवलपुरको क्षेत्र नं। १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई एक हजार २ सय ३० को मतान्तरले पराजित गदै निर्वाचित भएका हुन् ।
जिसीले १५ हजार १३७ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी अधिकारीले १३ हजार ९०७ मत प्राप्त गरेका छन् ।
४ वटा प्रदेश सभा रहेको नवलपुरमा अहिलेसम्म ३ वटाको अन्तिम मत परिणाम आएको छ । जसमा २ स्थान नेकपा एमालेले जितेको छ भने १ स्थानमा काँग्रेसले जितेको छ ।
एमालेले नवलपुर २ (१) र नवलपुर २ (२) मा जितेको छ ।
अन्तिम मतपरिणाम आउन बाँकी नवलपुर २ (२) मा नेकपा एमालेका रोशन गाहाले अग्रता लिइरहेका छन् ।