नवलपुरको हुप्सेकोटमा जिप खस्यो, १० जना घाइते, ४ जनाको अवस्था गम्भीर
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौवादीको कान्छीपानीमा विहीबार साँझ जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
कावासोतीबाट पहाड उक्लदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । जीप सडकबाट १ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
तिवारीका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको थप उपचारका लागि अस्पताल ल्याइदै गरिएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।
गम्भीर घाइते ४ मध्ये २ जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

